बीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा रहेको मानव सेवा आश्रमको भवन ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। आज नवरात्रीको शुभसाइत पारेर डाक्टर रामआवतर खेतानले भुमि पुजा तथा भवनको शिलान्यास गरेका हुन ।लायन्स क्लबको करिब रु १ करोड ३४ लाखको लागतमा दुई तत्ले भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको लायन्स इन्टरनेशनलका संजय खेतानले जानकारी दिनुभएको छ। यो भवन निर्माण गर्ने जिम्मेवारी ठेकेदार समीर कन्ट्रक्सनले लिएको जसमा ६ महिना भित्र सम्पन्न गरि आश्रमलाई हस्तान्तरण गर्ने योजना रहेकोले हामी एउटा लायन्स क्लबहरुले पनि यो अति महत्त्वपूर्ण मानवीय जिवनको लागि आवश्यकता ठानेकाले लायन्स क्लबको पहलमा गर्न लागेको बताए ।सडक पेटिका तथा बेसाराहरुको लागि हामीले पनि केही मानवता देखाउनुपर्छ भन्ने भावना जागेकोले यो भवन निर्माण गर्ने जिम्मेवारी लिएको खेतानले बताएका छन् ।अहिले मानव सेवा आश्रम संग रु ४५ लाख रकम रहेको छ। मानव सेवा आश्रमका अभिभावकत्व ग्रहण गरेका डाक्टर दिपक शाक्यको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । भवनको शिलान्यास कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका संजय खेतान, डिएन अग्रवाल ,समाजसेवी गणेश लाठ,बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल ,वरिष्ठ उपाध्यक्ष हरि गौतम ,लायन्स विनोद खण्डेवाल,राजकुमार सिन्धी,रामविहारी पाण्डे ,प्याब्सन पर्साका सुशीला साह,पशुपति विक्रम शाह,उषा शाह,देवेश मानव लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।भवनको शिलान्यास डाक्टर पण्डित पुरुतम दुवेले गर्नुभएको सो कार्यक्रमको सहजिकरण रोशन गुप्ताले गरेका थिए।