Birgunj News24
गढीमाई दर्शन गर्न ओम विनायकको निःशुल्क बस सेवा, समाजीक र धार्मिक दायीत्व सम्झेका छौं:  संचालक पौडेल

बीरगन्ज १८ असोज– बाराको गढीमाई मन्दिरको दर्शन गर्न चाहनेहरुका लागि कलैयाबाट निःशुल्क बस सेवा संचालनमा आएको छ । धार्मिक महत्व राख्ने गढीमाईमा सर्वसाधारण र बिपन्न बर्गको लागि सहजता होस भन्ने उदेश्यले निशुल्क रुपमा सेवा संचालनमा ल्याइएको कुरा ओम बिनायक ट्रावल्सका संचालक अच्युत पौडेलले बताए । 
गढीमाई मन्दिर लाग्ने पञ्चवर्षिय मेला महिना सुरु भएसंगै दर्शनार्थीहरुको सहजताका लागि निःशुल्क बस सेवा सुरु गरिएको हो । यस भेगमा पहिलो पटक निशुल्क बस संचालनबाट नेपाल र भारतका सीमावर्ती क्षेत्रका हजारौं दर्शनार्थीहरु लाभान्वित हुने कुरा गढीमाई मेला समितिका संचालकहरु बताउँछन । 

भरत चोकबाट दर्शनार्थीहरुले हरेक दिन विहान साढे ६बजेदेखि गढीमाई मन्दिरको दर्शन गर्न बस चढेर जान पाउनेछन् ।

हिजो आगामी मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि भव्य शोभायात्रा निकालिएको थियो । शोभायात्रापछि दर्शनार्थीहरुको सहजताका लागि मध्यनजर गर्दै निःशुल्क बस उपलब्ध गराउने घोषणा गरेको हो । यसरी नगरपालिका र ओम बिनायक बसले गरेको यो कदमको अहिले बारा पर्सा र अन्य भेगमा समेत प्रशंसा हुन थालेको छ । यस भेगको निकै पुरानो यातायात ब्याबसायको अनुभव संगालेका ओम बिनायकले कमाउन मात्र होइन समाजिक दायीत्व र जिम्मेवारी पनि बुझेको हुनाले निशुल्क बस सेवा संचालनमा ल्याएको हो । धन सम्पति र पैसा मात्र जम्मा गर्नु भन्दा पनि समाजीक उत्तरदायीत्वलाई पनि हामी सम्झेका छौ त्यसकै कडिको रुपमा निशूल्क बस सेवालाई लिन सकिन्छ भनेर यो कदम उठायौ भनि यसका संचाकल पौडेल बताउँछन ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update