लालबाबु सिंह २० असोज वीरगन्ज । बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्रले सडक पेटि ब्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ । बिर्ता मन्दिर देखि उत्तर तर्फ होटल मकालु चौक सम्मको मेनरोड एवं पेटिमा अव्यवस्थित रुपले गाडी एवं मोटरसाइकल पार्किङ गरि र विभिन्न सामान बिक्री गर्न राखिएको ठेलाहरु राखेकोमा सो कार्यले पेटिमा हिडने मानिसहरु एवं सडकमा सवारीहरुलाइ असुबिधाजनक अवस्थाको अन्त गर्न आजको कार्यक्रम मार्फत सम्झाउ बुझाइ गरि ब्यवस्थापन गरेको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताका अध्यक्ष मजिद मिया अन्सारीको अध्यक्षता एवं वीरगन्ज वडा-४ का वडाअध्यक्ष जगत साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रमका अतिथिमा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सामुदायिक प्रहरिका सदस्यहरु मुकेश गुप्ता,नगिया देवि, विशाल कार्की,रहम हक सिद्धिकी,हेदा अन्सारी ,प्रहरी सहायक निरीक्षक राम विश्वास पटेल,प्रहरी हवल्दार राजेश साह लगायत प्रहरी एवं ट्राफिक प्रहरीको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी वडाअध्यक्ष कानुले नेपालको सबैभन्दा ठूलो चाडपर्व दशै शुरु भैसकेको छ र बिर्तामाइ मन्दिर ,गहवामाइ मन्दिर लगायत मन्दिरमा पुजा गर्न आउने भक्तजनहरु लाई निर्वाध रुपमा आउनजान सहज बनाउन आफुहरुले सबैलाइ ब्यवस्थित रुपले आआफ्नो गाडी ,मोटरसाइकलहरु पार्किङ मा पार्किङ गर्न आग्रह गरेका हौ र सबैले हामिलाइ सकारात्मक साथ दिने कुरा गर्नु भयो र उपरान्त कसैले अटेर गरि सडक पेटिमा जथाभावी पार्किङ गरेमा ट्राफिक नियमानुसार कारवाही गर्ने चेतावनी पनि दिएका छौ साथै सम्पुर्णलाई बडादशै को बधाई शुभकामना पनि दिएका थिए ।
सामुदायिक प्रहरी बिर्ताका अध्यक्ष अन्सारिले सहभागी सम्पुर्णलाई धन्यवाद दिदै बडादशैको बधाई शुभकामना व्यक्त गरेका थिए ।