Birgunj News24
नारायणी अस्पतालले सुत्केरी लाई निशुल्क रगत उपलब्ध गराउने , नेपाल रेडक्रस सोसाइटी पर्सा संग सम्झौता सम्पन्न ।

लालबाबु सिंह २१ असोज वीरगन्ज । नारायणी अस्पताल वीरगन्जले अस्पतालमा सुत्केरी महिलालाई उपचारको क्रममा आवश्य पर्ने रगत निशुल्क उपलब्ध गराउने भएको छ । सोमबार नारायणी अस्पतालले नेपाल रेडक्रस सोसाइटी पर्सा संग निशुल्क रगत उपलब्ध गराउने सम्झौता सम्पन्न गरेको नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियाले बताउनु भयो ।  
  नेपाल रेडक्रस सोसाइटी पर्सा द्वारा संचालित रक्तसञ्चार केन्द्र वीरगन्जले अस्पतालले सुत्केरीलाई आवश्येक परेको रगत सिफारिस गरेको खण्डमा तत्काल कुनै शुल्क नलियेर रगत उपलब्ध गराउने छ र प्रत्येक महिनाको ५ गते रगतको हिसाब अस्पताल प्रशासनलाई उपलब्ध गराउने छ  भने अस्पतालले सो को शुल्क प्रती पिन्ट १ हजार ५० रुपैयाको दरले सो महिना भित्रमा भुक्तानी गर्ने सम्झौता भएको हो ।
 नारायणी अस्पतालमा भएको सो सम्झौतापत्रमा अस्पतालका मेसु डा. चुमनलाल दास र नेपाल रेडक्रस पर्साका सभापति विरेन्द्र राज कडेलले हस्ताक्षर गरि एकअर्कालाइ सम्झौतापत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता, रेडक्रस पर्साका उपाध्यक्ष मधु राणा,मन्त्री शैलेन्द्र चौरसिया,रक्तसञ्चार केन्द्र प्रमुख सौरभ राज पाण्डे , विरशम्शेर कुर्मीको सहभागिता रहेको थियो ।
सो अवसरमा अस्पतालका मेसु दासले नारायणी अस्पतालले बिरामिहरुको उपचारलाई सहज सरल एवं गुणस्तरीय बनाउदै लैजानेमा कटिबद्ध रहेको र आजको सम्झौताले पर्सा बारा,रौतहट लगायत विभिन्न दुरदराजका हाम्रा गाउँ देहातबाट आउने महिला सुत्केरीहरु लाई निकै मद्दत पुग्नेछ यसको लागि हामिलाइ निकै खुशी लागेको छ भन्दै आउने समयमा बिरामिहरुको सेवामा अझ बढी सुविधाहरु लियेर कार्यान्वयन गर्न आफू लागि परेको बताए ।
 सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष गुप्ताले नारायणी अस्पतालमा केही हदसम्म गरिब बिपन्न असहायहरु उपचारको लागि आउने गरेकोले आफू आए देखि नै बिरामिहरुको गुणस्तरीय उपचारको लागि विभिन्न चरणमा सेवा सुविधा बढाउदै लगिरहेको र उप्रान्त पनि सेवा सुविधामा बढोतरी गराउन लागिपर्ने बताउदै नेपाल सरकार स्वास्थ्य मन्त्रालय लगायत सम्पुर्णलाई धन्यवाद दिएका थिए ।
 सो सम्झौतापत्र हस्तान्तरण गर्दै रेडक्रस पर्साका सभापति कडेलले निशुल्क रगत उपलब्ध गराएर अस्पतालले आफ्ना बिरामी सुत्केरी महिलाहरुलाइ सुन्दर उपहार दिएको हो जसले गर्दा सबै सुत्केरी महिलाहरु अस्पताल मै आएर बच्चा जन्माउने छन र यसलाइ प्रोत्साहित गरेकोमा अस्पतालका मेसु लगायत सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update