Birgunj News24
केदारनाथ दर्शनका लागि प्रस्थान गरेका पर्सा का युवा टोलिको ३ दिन पछि यात्रा सफल 

पर्सा– वीरगञ्जबाट भारतको प्रसिद्ध धार्मीक स्थल केदारनाथ दर्शनका लागि प्रस्थान गरेका युवाहरुको समुहले आज आफ्नो यात्रा सफल गरेको छ । 
सोमबार बिहान बिधिवत रुपमा पुजापाठ गरेर युवा टोलिले केदारनाथको दर्शन गर्ने यात्रा सफल गरेका छन ।

असोज २५ गते शुक्रबारको दिन वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २५ निवासी श्याम बिनय साह कानुको नेतृत्वमा यात्रामा निकलेको ७ जना युवाहरुको टोलीले आज ३ दिन पछि केदारनाथ दर्शन गर्न पाएका हुन ।  
यात्रामा रहेका सातैं जना युवाहरूले केदारनाथको दर्शन गरेर आफुहरु सार्है खुशी भएको बताएका छन । यो संसारमा पनि स्वर्ग जस्तै ठाउँ कुनै छ भने त्यो केदारनाथको पावन भुमिमा रहेको आफुहरु अनुभुति गरिरहेको यात्रामा रहेका ओमप्रकाश पटेलले बताएका छन। 

टोलिको नेतृत्व गरिरहेका श्याम बिनय साहले ११ घण्टाको पैदल यात्राको क्रममा बिभिन्न किसिमको चुनौतीहरु झेल्नुपरेको थियो, तै पनि बाबा भोलेनाथको कृपाले सबै जना सकुशल केदारनाथको दर्शन गर्न पाएको जानकारी दिए । उनले भने केदारनाथ पुगे पछि अहिले हामिलाई घर फर्किन मन गरिरहेको छैन, सुन्दर, आनन्द तथा शान्ति प्रदान गर्ने ठाउँ केदारनाथ रहेको छ, यो धार्मिक स्थलमा बाबा भोलेनाथले नबोलाए सम्म चाहेर पनि कोई आउन नसकने बताए । हामी सौभाग्यशाली छौ कि आज दर्शन गर्न पायो । हाम्रो यात्रा दुई देशको सम्बन्ध थप बलियो होस र साथै जुन ब्यक्तिहरुले यो पावन भुमिमा पुग्न सकेको छैन । त्यस्ता सबैको लागि हामी केदारनाथ बाबासँग आशिर्वाद लिएर जाउँ भन्ने   उदेश्यले यात्रा तय गरेको बताए ।

परिवारिक, समाजिक तथा सम्पूर्ण नेपालीहरूको उन्नति प्रगति होस, बाबा केदारनाथ सबैको कल्याण गर्नु भने यो यात्रामा रहेका युवा टोलीहरुले कामना समेत गरेका छन । यात्रा जारी छ अब बदृनाथ दर्शन गरेर घर फर्किने कार्यतालिका रहेको युवा टोलिमा रहेका अरुण तिवारीले जानकारी दिए ।

असोज २५ गते शुक्रबार बिहान नेकपा एमालेका सांसद प्रभु हजराले उनीहरुलाई शंकराचार्यद्वारा स्थित बिदाई गरेका थिए ।  नेपालको झण्डा तथा खाँदा ओढाएर सांसद हजराले उनीहरुको बिदाई गरेका थिए । बिदाई गर्दै सांसद हजराले टोलीलाई सफल यात्राको शुभकामना व्यक्त गरेका थिए । साथै उनले ‘राम्रोसँग दर्शन गर्नुस् । तपाईहरु सबैले चाहेको मनोकामना पूरा होस्, र सबै जना सकुशल घर फर्किनु भने कामना समेत गरेका थिए । 
यात्रामा श्याम बिनय साह, ओमप्रकाश पटेल, अरुण तिवारी, राजा बाबु कुशवाहा, राधेश्याम साह, आदित्य गिरि र अरुण रहेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update