चिसो क्रमिक रुपमा बढ्दै
काठमाडौं उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो घाम लागेपनि साँझ र बिहान चिसो महसुस गरिएको छ ।
असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेकोमा त्यसको एक सातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्रीसेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।
काठमाडौँसहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । दुई सातामा ५ डिग्री तापक्रम घट्दा चिसो बढेको मौसमविद् बताउँछन् । पोस्ट मनसुनपछि चिसो मौसम शुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१ १२:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय