लालबाबु सिंह ३० असोज । नेपाल नेत्र ज्याेति संघ पर्साले विश्व दृष्टि दिवसको अवसरमा निशुल्क आँखा परिक्षण शिविर कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । वीरगन्ज सिटि क्लिनिक तेजारथ टोलमा आयोजित सो निशुल्क आँखा शिविरमा ११३ जनाकाे आँखा रोग सहायक कौशल कर्ण र अन्जली चौधरीले आखा परीक्षण गरेका थिए जसमा ४९ जनामा माेतियाबिन्दु रोग फेला परेको हो । मोतियाबिन्दुका रोगिहरुको निशुल्क आप्रेशन केडिया आँखा अस्पतालमा गरिने सदस्य राजन श्रीवास्तवले बताए ।
नेपाल नेत्र ज्योयी संघ पर्साका अध्यक्ष भगवती प्रसाद चौधरीको अध्यक्षता एवं पुर्व अध्यक्ष समाजसेवी श्याम कुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो निशुल्क शिविरमा अतिथिहरु निवर्तमान अध्यक्ष मधु राणा , वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , संघका सचीव सिताराम प्रसाद उपाध्याय ,कोषाध्यक्ष दिप्का श्रेष्ठ ,सहकोषाध्यक्ष संतोष जयसबाल, सदस्यहरु सुरेन्द्र बहादुर रन्जितकार,मधुसूदन उपाध्याय,फुलमहम्मद मिया,सुनिता नेपाल ,दिना प्रसाद गुप्ता,प्रदिप केडिया ,गणेश प्रसाद साह,विश्वनाथ तिवारी लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी पोखरेलले आँखा हाम्रो शरिर्द्को सबैभन्दा महत्वपुर्ण अंग भएकोले यसको उचित देखरेख गर्न आवश्यक रहेको र विश्वमा दृष्टि नभएकाहरुको हामि सबैले मरणोपरान्त आँखा दान गरि उनिहरुको सन्सार उज्ज्वल बनाएर मानवता बलियो बनाउन आग्रह गर्दै सम्पुर्णलाई विश्व दृष्टि दिवसको बधाई शुभकामना ब्यक्त गरेका थिए ।