Birgunj News24
वीरगन्ज महानगरमा आजदेखि विषादी छर्कने काम सुरु

वीरगन्ज महानगर क्षेत्रमा आज ९बिहीबार० देखि लामखुट्टे मार्नका लागि विषादी छर्कने काम सुरु भएको छ । केहि साता यता फेरि लामखुट्टेको प्रकोप बढेको जनगुनासो आएपछि वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि आजदेखि विषादी छर्कन सुरु गरेको हो ।

पहिलो दिन आज वीरगन्ज महानगरपालिका वडा नम्बर १ , २ , ३ र ४ गरी चार वटा वडामा लामखुट्टे र त्यसको लार्भा मार्नका लागि विषादी छर्कने काम भइरहेको महानगरपालिकाको सरसफाई महाशाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी दिए ।

हरेक वडामा बिहान र बेलुकी गरी दुई समयमा विषादी छर्किने उनले बताए । बिहानको समयमा नालामा रहेका लामखुट्टेको लार्भा मार्न पम्प स्प्रे गरिने र बेलुकीकोे समयमा फगिङ मेसिनबाट एयर स्प्रे गरिने उनले बताए ।

लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि मेयर राजेशमान सिंहको निर्देशनमा आजदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिएको मियाँले बताए ।जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वडामा दैनिक तालिका बनाएरै बिहान र बेलुका पम्प स्प्रे र एयर स्प्रे गर्ने उनले बताए ।

यो काम ३२ वटै वडामा कार्तिक २८ गतेसम्म चल्ने मियाँले जानकारी दिए ।चिसो र गर्मी मौसम शुरु हुँदै गर्र्दा वीरगन्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेका लामखुट्टे नियन्त्रण गर्न महानगरले विषादी छकर्ने अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update