३० लाख मूल्य बराबरका भन्सार छलीका सामान लोड रहेको ट्रक पक्राउ
पर्सा प्रहरीले ३० लाख मूल्य बराबरका भन्सार छलीका सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डकचोकबाट ना ३ ख ५८३३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
बीरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको उक्त ट्रकबाट बिल बिजक भन्दा बढीका खाद्यान्न तथा खुद्रा सामान बरामद भएकाले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।
उनका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।
बरामद सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि रावश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनायो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१ १८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय