Birgunj News24
चौतारी यातायाताद्वारा वीरगंज नारायणघाट रुटमा ईभि संचालन,  वीरगंजजको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने कानुको दावी 

वीरगञ्ज–नारायणघाट रुटमा आरामदायिक सुविधा सम्पन्न नयाँ ईभी गाडी सञ्चालनमा आएको छ । नेपाल यातायात व्यवसायि राष्ट्रिय महासंघमा आवद्ध  कम्पनीद्वारा सञ्चालित चौतारी यातायात प्रा। लि। ईभि गाडी संचालनमा ल्याएको हो ।  
सो  गाडीमा  १५ वटा सिट क्षमता रहेको छ ।  बिहिबार बिहान बिरगंजबाट छुट्ने नयाँ यात्रुबाहक गाडीको उद्घाटन गरिएको गाडी संचालकका कार्यलय प्रमुख सुरेश शाह कानुले बताउनु भयो। आरामदायी एवं सुविधा सम्पन्न  सेवा सञ्चालन गर्दा वीरगञ्जको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने कानु बताउछन ।, ‘सुविधा सम्पन्न गाडी सेवा सञ्चालनले वीरगञ्जको विकासमा अझ टेवा पुग्छ ।’वीरगञ्जबाट अहिले सञ्चालमा आइरहेका डिलक्स बस भन्दा यो गाडी यात्रुहरुको लागि बढी आरामदायी हुने गाडी सन्चालक सुरेश शाह कानुले दावी गरे । गाडीमा सुत्न मिल्ने, एसी, लगायतको सुविधा रहेको कानुले बताए । उनले वीरगञ्जबाट नारायणघाट सम्म को भाडा ४०० सय रुपैयाँ तोकिएको जानकारी दिए । अपाङ्गताहरुलाई भाडामा पनि छुट दिएको बताउनु हुन्छ । बिरगंज बाट इन्चार्ज स् विशाल साह कानु र सह( इन्चार्ज स् कमल गिरि लाई पनि जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update