Birgunj News24
वीरगञ्जबाट भन्सार छलीका साँढे १० लाख भन्दा बढीको मूल्य बराबरको समान बरामद 

२ कात्तिक,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जको बिभिन्न नाकाबाट साँढे १० लाख भन्दा बढीका समान बरामद गरेको छ । 

प्रहरीले वीरगञ्जको बिभिन्न नाकाबाट चेकजाँचका क्रममा नेपाल ल्याउँदै गरेका समान तथा भारत लैजाँदै गरेको मदिरा गरि १० लाख ७० हजार ९ सय २५ रुपैंयाको माटरसाइकल सहित समान बरामद गरेको हो ।

प्रहरीले वीरगञ्ज महानगरपालिका १६ ईनर्वा स्थित बिभिन्न सीमा नाकाहरुबाट सार्वजनिक सवारी साधनमा लोड गरेर अवैध रुपमा नेपाल ल्याउँदै गरेको किराना, लत्ताकपडा, कस्मेटिक, जुत्ता, मदिरा, मोटर पार्टस लगाएत गरी आठ लाख ७० हजार ९ सय २५ रुपैंया बराबरको समान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

त्यस्तै नेपाल बाट भारत तर्फ अवैध रुपमा लैजाँदै गरेको २ लाख कस्तुरी मदिरा लोड माटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

२ लाख रुपैंया बराबरको विआर ०५ एन ७०३६ नं. को मोटरसाइकल सहित बरामद समानहरु आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नायब उपरिक्षक धामीले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update