Birgunj News24
राज्यको षड्यन्त्रमा रविलाई पक्राउ गरिएको सिके राउतको दाबी

राज्यको षड्यन्त्रमा रविलाई पक्राउ गरिएको सिके राउतको दाबी
 वीरगञ्ज। जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई राज्यले फ्रेमिङु गरेको आरोप लगाउँदै, उनको गिरफ्तारीलाई प्रतिशोध र निषेधको राजनीति भनेका छन्।

रवि लामिछानेलाई पक्राउ गरिएको घटनापछि, राउतले आफ्नो फेसबुक पोस्टमार्फत प्रतिक्रिया दिएका थिए, जसमा उनले लामिछानेको पक्राउलाई राजनीतिक प्रतिशोधको रुपमा परिभाषित गरेका छन्।

अध्यक्ष राउतले भनेका छन्, “२१ सिट भएको नयाँरराष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको गिरफ्तारीलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन।” यो टिप्पणीले लामिछानेको गिरफ्तारीलाई राजनीतिक षड्यन्त्रको रुपमा हेर्ने दृष्टिकोणलाई झल्काउँछ।
पक्राउ पूर्जी जारी भएपछि, रवि लामिछानेले पत्रकार सम्मेलनको आयोजना गर्ने सम्भावना छ, जहाँ उनले आफ्नो गिरफ्तारीबारे विस्तृतमा जानकारी दिने र आफ्नो पक्षको रक्षा गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update