बाराबाट २७ लाख मूल्यका सामान लोड रहेको ट्रक नियन्त्रणमा
बारा प्रहरीले २७ लाख मूल्यका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका(७ जितपुर चोकबाट सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले ना ३ ख २९४६ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो । सोही क्रममा ट्रकबाट बिल बिजकभन्दा बढीका सामान बरामद भएकोले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
उनका अनुसार ट्रकबाट भन्सार छलीका लत्ताकपडा, जिन्स, रसायन पदार्थ र जाली बरामद भएको हो । बरामद सामानको मूल्यांकन २७ लाख १२ हजार ७३४ रुपैँया कायम गरिएको छ ।
बरामद सामानसहित ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनायो।
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१ १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय