बिरगंज :- वीरगञ्जमा केही समय अघिदेखि अपार्टमेन्ट ब्यबसायले आकार लिन खोजेको भएपनि त्यसप्रतिको आकर्षणमा कमी आएको कुरा बिभिन्न तथ्याँङ्कहरुले पुष्टी गर्दै आएको छ । ठूलो परिमाणको बित्तिय सहयोगमा निर्माण भएका ती अपार्टमेन्ट संचालकहरुले अहिले बैकबाट लिएको साँवा तथा ब्याजको नियमित किस्ता समेत तिर्न नसक्ने अवस्थामा रहेका समाचार प्राप्त हुन आएको छ । बीरगंजमा त्रिबेणी गोपाल अपार्टमेन्ट, शालिमार, ओम, गणेश, राधेकृपा, गोकुल अपार्टमेन्ट लगायतको नाममा अपार्टमेन्ट रहेको भएपनि तीनिहरुले ग्राहकको आवश्यकतालाई पुर्ताल गर्न नसकेको र बर्तमान कानूनले निर्धारण गरेको मापदण्डको खिल्ली उडाएको आरोप लाग्न थालेको छ ।
त्यसमध्ये गोकुल अपार्टमेन्टले आफ्नो परियोजना नै पुरा हुन नपाउँदै विवाद शुरु हुन थालेको छ । बिशेष गरि अपार्टमेन्टसम्म जानको लागि प्रबेश गर्न मुल सडकबाट छिर्नै बाटो पच्चिस फिटको हुनपर्ने मापदपण्ड भएपनि त्यसलाई समेत ख्याल नै नगरि परियोजना निर्माण र नक्शा पास गरेपछि पछि खरिद गर्नेहरु नै पछुताउनुपर्ने कुरा एकजना ग्राहक बतउँछन । सो अपार्टमन्ट ७ कट्ठामा फैलिएको भएपनि निर्माण भएको घरको चारैतिर छाड्नुपर्ने खाली जग्गाको क्षेत्रफल कम रहेको र निर्माण गर्दा अपनाउनुपर्ने गुणस्तरियतामा समेत ध्यान नदिएको समाचार प्राप्त हुन आएको छ । उता गेटमा प्रबेश गर्दा हुनुपर्ने सडक नाला कटाएर २५ फिटको हुनुपर्ने भएपनि त्यसको समते अवज्ञा गरिएको बताइन्छ । माटो परिक्षण, जगको गहिराई, भुकम्प प्रतिरोधक क्षमता, आगलागि र दूर्घटना हुने सम्भाबित खतराको समेत ख्याल नगरि परियोजना शुरु गर्दा गोकुल अपार्टमेन्ट समस्यामा पर्ने बताइन्छ । साँघुरो सडकमा कसरी बारुणयन्त्र छिर्छ ? आगो लाग्यो भने कसरी मानबिय क्षती रोृक्ने भनि एकजना अधिकारबादी बताउँछन । कुमारी बैकको झण्डै ५० करोडको लगानी रहेको गोकुल अपार्टमेन्टको जग्गा भने आफनै रहेको कुरा संचालक शुभम रुँगटा बताउँछन । उनका अनुसार ४६ युनिट रहेको अपार्टमेन्टमा १० वटा जति बुक भएको भएपनि जुन अनुपातमा बिक्री हुने अपेक्षा गरिएको थियो त्यो हुन नसकेको बताउँछन । जग्गा घर गरि १ अर्ब ३५ करोड लगानी भएको बताउनुहुने रुँगटा ३ महिनामा परियोजना पूरा हुने र कुमारी बैकको साँवा तथा ब्याज समेत तिर्दै जाने बताउँछन । उनी १ फिटको गहिराइमा जग रहेको र संजय खेतानले डिजाइन गर्नुभए अनुसार नक्शा पास भएको गुणस्तरमा कहीँ कतैपनि सम्झौता नगरिएको बताउँछन । उता आदर्शनगर स्वीमिङ्ग पुल सँगै रहेको राधेकृपा अपार्टमेन्टको हबिगत पनि त्यस्तै छ । ४८ युनिट रहेको राधेकृपामा परियोजनाले पुर्णता पाएपनि जम्मा १२ वटा मात्र बुकिङ्ग भएको छ भने गत साउन देखि त नेपाल इन्भेष्टमेन्ट मेगा बैककबाट लएको ६० करोडको साँवा तथा ब्याजको किस्ता समेत तिर्न सकेको छैन । आर्थिक मन्दीको कारण अपेक्षाकृत बुकिङ्ग नहुँदा समस्या भएको तर अव बिस्तारै समस्या समाधान होला कि भन्ने आशा गरेको कुरा संचालक रोहित चाचान बताउँछन । अर्को शालिमार अपार्टमेन्टले निकै तामझामका साथ परियोजना शुरु गरेको भएपनि पुरा युनिटको ६० प्रतिशत पनि बुक हुन नसकेको बताइन्छ । मुख्य सडकमा रहेको निबेणी गोपाल अपार्टमेन्टमा समेत केही युनिट खाली रहेको बताइन्छ भने गणेश, ओम रेसिडेन्सीमा समेत समस्या सृजना भएको समाचार प्रकाशमा आएको छ । सभार :- चोईस खबर