Birgunj News24
रवि लामिछाने पक्राउको विरोधमा रास्वपा पर्साले निकाल्यो सरकारको शव यात्रा

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा वीरगन्जमा विरोध प्रदर्शन भएको छ ।सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि (रास्वपा) कार्यकर्ताहरुले वीरगन्जमा विरोध प्रदर्शन गर्नुको साथै सरकारको शव यात्रा निकालेका छन् ।रास्वपाका जिल्लाका नेता तथा कार्यकर्ताहरुले सभापति लामिछाने पक्राउको विरोध गर्दै ओली सरकारको शव यात्रा निकालिएको हो ।‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यवद्धता, शान्तिपूर्ण ¥याली’ को ब्यानरसहित रास्वपा पर्साले आन्दोलन सुरु गरेको हो ।

रास्वपा पर्सा जिल्ला संयोजक हरि पन्तको नेतृत्वमा क्लासिक ब्याङ्क्वीट निकालिएको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गर्दै घण्टाघरमा आएर नाराबाजी गरिरहेको छ ।

रास्वपा पर्सा जिल्ला संयोजक पन्तले राजनीतिक प्रतिशोध साँधेर सरकारले अराजनीतिक कदम चालेको बताए ।

उनले पार्टी सभापतिलाई तत्काल बिना शर्त रिहा गर्नुपर्ने माग गरेका छन् । यद्यपी सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई रिहा नगरे आन्दोलनले उग्र रुप लिने रास्वपा पर्साको चेतावनी छ ।

रास्वपा पर्साका नेता तथा कार्यकर्ताहरु विभिन्न ब्यानरसहितको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update