Birgunj News24
ट्राफिक प्रहरीद्वारा १३ वटा ओभरलोड गाडीहरूलाई कारबाही बाँकी लाई क्लिन चिट

वीरगञ्जको ड्राइपोर्ट चौकमा ट्राफिक प्रहरीले १३ वटा ओभरलोड गाडीहरूलाई कारबाही गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार, अस्थायी ट्राफिक पोस्ट ड्राइपोर्टले निर्धारित भन्दा बढी सामग्री लोड गरेको गाडीहरूलाई कारबाही गर्दै २ लाख १२ हजार ४ सय १७ रुपैयाँ जरिवाना असुल गरेको छ ।

वीरगञ्जको एकीकृत चेकपोस्ट आई.सी.पी.बाट विभिन्न गन्तव्यतर्फ गइरहेका १३ वटा ओभरलोड गाडीहरूलाई ट्राफिक प्रहरीले चेकजाँचको क्रममा रोकेको थियो । गाडीहरूमा कच्चा पदार्थ केमिकल लोड गरिएको थियो, र सबै गाडीहरू भारतीय नम्बर प्लेटका हुन् । चेकजाँचपछि गाडीहरूलाई जिल्ला ट्राफिक कार्यालयले यातायात व्यवस्था कार्यालयमा बुझाएको थियो ।कारबाहीमा परेका गाडीहरूलाई यातायात कार्यालयले जरिवाना गरेको हो । विभिन्न गाडीहरूमा ११ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको बुझिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर लोकराज भट्टले १३ वटा ओभरलोड गाडीहरूलाई कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको जानकारी दिएका छन् ।

सम्बन्धित निकायहरूले ओभरलोडका कारणले सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै नियमित चेकजाँचलाई निरन्तरता दिने बताएका छन् । तर अस्थायी ट्राफिक पोस्ट ड्राइपोर्टले  इन्स्पेकटर भट्ट  काे खिल्ली उडाउदै त्यहाँ का इनचार्ज असई राम सहाय यादव   प्रत्येक मालवाहक  गाडी संग २०० देखि -३००/- असुली रहेका छन 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update