
वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित बालमन्दिर आधारभुत बिधालयमा अध्यनरत २३० जना बिद्यार्थीहरुलाई खेलकुद सामाग्री र जुत्ताहरु बितरण गरिएको छ । वडा अध्यक्ष सुशील कुमार कानुले आज एक समारोहका बिच सो समाग्री बितरण गरेका थिए। । कार्यक्रममा वडा सदस्य मिश्रा देबि नगरकोटी , दलित प्रेम शिला देबि , वडा सदस्य सन्तोष जैसी , वडा सदस्य प्रभु प्रसाद महतो , वडा सचीव पवन कुमार प्रधान , बिधालय व्यवस्थापन समितिका अध्यक्ष नरेश कुमार टिवडेवाल , बिधालय नि। प्रधानाध्यापक राज कुमारी सिंह , घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कुमार साह लगायत बिधालयका शिक्षक शिक्षिका तथा बिद्यार्थीहरुको उपस्थिती थियो । कार्यक्रममा जुत्ताहरु २३० जोडी , चेस ३ थान , लुडो ३ थान , फुटबल १ थान लगायतखेलकुद सामाग्री बितरण गरिएको थियो ।