पोखरिया नगरपालिकामा विद्यमान बेथिती र अनियमितता रोक्न माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले सोमबार ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रिय सदस्य निजामुदिन समानीले पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानलाई तीन बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । उक्त ज्ञापनपत्र मार्फत राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया नगरपालिकाले बढाएको सम्पति कर खारेज गर्नु पर्ने ,नगरपालिकाका कर्मचारीलाई समयमै तलब दिनुपर्ने र नगरपालिका कार्यालयमा जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा भइरहेको आर्थिक अनियमितता बन्द गर्नु पर्ने माग गरेको छ ।
न्गरपालिकाले अनावश्यक रुपमा सम्पति कर बढाएर जनतालाई पिडा दिएको , अस्पतालमा स्वास्थ्य बिमाको औषधि वितरण नगरिएको , जनप्रतिनिधीहरुले नगरपालिकालाई कर्मचारी भर्ती केन्द्र बनाएको,ठेकेदारलाई समयमा भुक्तानी नदिएको जस्ता चरम बेथितीहरु बढेपछि बाध्य भएर आँफुहरुले सोमबार मेयर चौहानलाई तीन बुँदे ज्ञापनपत्र बुझाएको समानीले बताए ।