बिरगंज ५ कार्तिक । श्री गहवामाई रथ यात्रा समिति माइस्थान बीरगंज पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्री तथा गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ।
श्री गहवामाई रथ यात्रा समिति माइस्थान बीरगंजका अध्यक्ष श्याम कुमार पोख्रेलको नेतृत्वमा गएको टोलीले नेपालको संविधान भाग १ को ४ बमोजिम सनातन काल देखि चलि आएको धर्म संस्कृतिलाई संरक्षण गर्ने भनेर उल्लेख गरिएको अनुसार हिन्दु धर्म मान्ने हिन्दुहरुले आ-आफ्नो धर्मको मर्यादा गर्दै शान्तिपूर्ण ढंगले देवी देवताको उत्सवहरु, पूजा, पाठ तथा रथ यात्राहरु बीरगंजमा रयाली निकाल्ने काम हुदै आइरहेको छ। "नेपाल धर्मनिरपेक्ष" भए देखि सनातनी धर्म मान्ने हिन्दुहरु माथि केही विरोधि तत्वहरुले देशमा धार्मिक द्वन्द दंगा भडकाउने पटक पटक आफ्नो अभिब्यक्ति र अनुचित मन्तव्यहरु दिने काम भइरहेकोमा श्री गहवामाई रथ यात्रा समिति माइस्थान बीरगंजले घोर आपत्ति जनाएको अध्यक्ष पोख्रेलले सो विज्ञप्तिमार्फतमा उल्लेख गरेका छन् ।
वीरगंजमा केही दिन अगाडि नेपाल मुस्लिम संघको कार्यक्रममा वार्ड नं २ छपकैया निवासी "जफर अंसारी" ले हिन्दु धर्म र संस्कृतिलाई लक्षित गरी श्री गहवामाई रथ यात्रा तथा हिन्दु धार्मिक रैलीहरुलाई आराजकको संजा दिन्दै गैरजिम्मेवार, अपमानजनक टिप्पणी गरेकोमा श्री गहवामाई रथ यात्रा समितिको गम्भीर ध्यानाकर्षण भएको छ।
हिन्दुहरुले नेपालको संविधानलाई निरन्तर कदर गर्ने तर विरोधि तत्वहरुले सो संविधानको कुरालाई नमान्ने कार्य गरेको यो टिकाटपणी बाट थाहा हुने भएकोले यस्ता गैर अभिब्यक्ति दिने अन्सारीलाई कडा कानुनी दायरामा ल्याई कारवही गर्नुपर्ने सो विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपालको संविधान भाग १ को ४ बमोजिम सनातन काल देखि चलिआएको धर्म संस्कृतिलाई संरक्षण गर्ने भावनापूर्ण देशको राष्ट्रियता तथा संविधानलाई पनि कुठाराघात गर्ने प्रयास भएको हाम्रो बुझाइ रहेको छ। अभद्र टिप्पणी गर्ने "जफर अंसारी"लाई यथाशिघ्र कानुनी दायरामा ल्याइ उचित कार्यवाहीको लागि यही ज्ञापन मार्फत माँग गदर्छौ भनेर बताएका छन् । हाम्रो माग पुरा नभए बाध्य भइ आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।