पत्नीकै मिलेमतोमा पतिको हत्या भएको खुलेपछि हत्या आरोपमा प्रहरीले हत्याका मुख्य आरोपी एक भारतीय युवकलाई बुधबार पक्राउ गरेको छ । रक्सौलको परेवागाउँका २८ वर्षीय विजय गुप्तालाई दसगजा आसपासबाट राति १ बजे पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पुष्टि गरे ।
उनका अनुसार भारतीय प्रहरीको समन्वयमा घटनाको ११औं दिनमा गुप्ता पक्राउ परेका हुन् । घटनापछि आरोपीलाई पक्राउ गर्न प्रहरी उपरीक्षक महेन्द्र खड्का भारतीय समकक्षीसित सहयोग माग्दै आरोपीलाई पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक खड्काका अनुसार आरोपीले हत्या गरेको स्वीकार गरिसकेका छन् । मृतककी पत्नी मनिषाको मिलेमतोमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
मनिषा गत कात्तिक २ गतेदेखि नै प्रहरी हिरासतमा छन् । उनीहरुलाई कर्तव्य गरी हत्या गरेको कसुरअन्तर्गत अनुसन्धान भइरहेको उनको भनाइ छ । गत असोज २७ गते वीरगन्ज महानगरपालिका(३ छपकैयाका २६ वर्षीय वीरेन्द्र साह सोनारलाई हत्या गरी बाराको प्रसौनी गाउँपालिका(१ त्रिवेणी गाउँको त्रिवेणी खोलासँगै रहेको गण्डक नहर छेउमा हत्या गरी फालिएको अवस्थामा ६ दिनपछि कात्तिक २ गते शव फेला परेको थियो ।
मनिषाकी छिमेकी एक स्थानीयका अनुसार ६ दिनदेखि हराइरहेका युवक सोनारको खोजी कार्य गरिदिन भन्दै घटनाको भोलिपल्ट मनिषा र विजय दुवै जना सँगै पर्सा प्रहरी कार्यालयमा निवेदन दर्ता गराउन गएका थिए । उनका अनुसार विजय र मृतक वीरेन्द्र घरबाट सँगै मेला हेर्न बाइकमा निस्केका थिए । आरोपी विजय, मृतक वीरेन्द्र र उनकी पत्नी मनिषा वीरगन्ज घरमा सँगै बस्दै आएका थिए ।
‘हत्या आरोपी विजयले फोनमा ‘लोकेसन’दिएअनुसार वीरेन्द्र पत्नी आफैं शव खोज्न घटनास्थलतिर गएका थिए । तर विजयले दिएको ‘लोकेसन’ ठयाक्कै पुग्न नसकेपछि मनिषाले दोस्रो पटक विजयसित ‘लोकेसन’मागेकी थिइन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘विजय ‘लोकेसन दिँदै घटनाको पर्सिपल्ट ९असोज २९ गते० भारततिर फरार भएका थिए ।’
मनिषाकै बयानले विजय पक्राउ परेका हन् । विजयले मेला हेर्न भन्दै सोनारलाई लगेदेखि घर नफर्किँदा खोजतलास गर्दै जाँदा प्रहरीले शव भेटाएको थियो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए