
काठमाडौँ, ३ कार्तिक । सुन र चाँदीको मूल्य आज सामान्य घटेको छ ।
बुधबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ सय रुपैयाँले घटेर ९३ हजार १ सयमा कारोवार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर १ हजार एक सय ७० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ १२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय