खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज द्वारा बिरगंजका होटलहरुमा छड्के अनुगमन गरेको छ ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय बिरगंजका खाद्य अनुसन्धान अधिकृत शुरेस कुमार सिंह नेतृत्वको टोलिले बुधबार बिरगंजका होटलहरुमा छड्के अनुगमन गरेको हो ।
अनुगमन गर्ने क्रममा टोलिले बिरगंजका ताज बिर्यानी ,जाइका बिर्यानी , लजिज बिर्यानी र शाम मुरादाबादी बिर्यानी लगायतका होटलहरुमा छड्के अनुगमन गरेको थियो ।
अनुगमन गर्ने क्रममा टोलिले होटलहरुमा भेटिएका विभिन्न कैफियत अनुसारको जरिवाना पनि गरेको टोलिमा सम्मिलित होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तले बाताए ।
यसक्रममा जाइका बिर्यानी र ताज बिर्यानि हाउस लाइ १०/१० हजार जरिवाना गरि सुधारको लागि विभिन्न निर्देशन समेत दिइएको पन्तले बताए । अनुगमन गर्दा भेटिएको म्याद गुज्रिएका र अखाद्य बस्तुहरु नष्ट गर्नुका साथै सम्बन्धित निकायहरुमा दर्ता नभएका होटलहरु लाई तुरुन्तै दर्ता गर्न निर्देशन दिएको खाद्य अधिकृत सुरेश कुमार सिंहले बताए । उनले विभिन्न खाद्य बस्तुहरुको टेस्टो मिटर द्वारा बैज्ञानिक ढंगले समेत जाँच गरिएको बताए ।
खाद्य अनुसन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यलयले गरेको अनुगमनमा टोलिमा बिरगंज माहानगरका बरिस्ट खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास , बिरगंज उद्योग बाणिज्य संघका मनोज दास , उपभोक्ता हित संरक्षण मन्चका अजित भुजेल , पत्रकार युबराज भट्टराई , जिल्ला प्रशासन , जिल्ला प्रहरी ,घरेलु र बाणिज्य लगायतका कार्यालयहरुका प्रतिनिधिहरुको समेत सम्लग्नता रहेको थिए ।