प्रहरी प्रधान कार्यालयले चितवनको एसपी भावेश रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा काज सरुवा गर्दै उनको ठाउँमा ब्यूरोमै कार्यरत एसपी गौतम मिश्रलाई पठाएको हो ।
आजैका मितिबाट लागु हुने गरी काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रिमालको कार्यक्षमतामाथि प्रश्न उठेपछि अवधि नपुग्दै सरुवा गरिएको हो ।
सामान्यतया इन्चार्ज पाएको मितिले एक वर्ष नपुग्दै सरुवा नगर्ने चलन छ । गत फागुनमा मात्रै एसपी रिमालले चितवनको कमाण्ड सम्हालेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा रास्वपाका नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए ।
चितवनमा पनि रास्वपाका नेता कार्यकर्ताले विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदिमा दाहसंस्कार गरेका थिए ।
सोही घटनामा सुरक्षा निकाय र चितवनको प्रशासनको कमजोरी देखिएको भन्दै सीडीओ इन्द्रदेव यादव र एसपी रिमालको जिम्मेवारी खोसिएको हो । साभार :- ई क्रान्ति खबर