घण्टाघरबाट अबैधमालसामानसहितको ट्रक प्रहरी नियन्त्रणमा
वीरगन्जबाट प्रहरीले राजश्व छलीको आशंकामा १ करोड १४ लाख मुल्यको मालसामान लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगन्जको घण्टाघर चोकबाट मंगलबार राति प्रहरीले ना ३ ख ५१८७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्जबाट कास्की जाँदै गरेको उक्त ट्रक घण्टाघर चोकमा रोकेर चेकजाँच गर्दा ट्रकमा बिलबिजक भन्दा बढी परिमाणको अर्थात १ करोड १४ लाख ५१ हजार ८३३ रुपैयाँ बराबरको औषधि र लत्ताकपडा बरामद भएपछि ट्रक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
मालसामानसहित नियन्त्रणमा लिइएको ट्रक थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१ १९:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय