वीरगंजमहानगरपालिका वडा न ३० प्रसोतीपुरमा कब्रिस्तानमा पर्खाल निर्माणको लागि ९० लाख बिनयोजन भएको छ । सांसद प्रभु हजराको पहलमा संघिय सरकारले सो पर्खाल निर्माणको लागिटेण्डर प्रकृया अघि बढाएको छ ।
केन्द्र सरकारले ९० लाखको बजेट छुट्याई निर्माण कार्यको लागि टेन्डर प्रक्रिया अघि बढाईसकेको सांसद हजराले जानकारी दिए ।
पर्खाल निर्माण पश्चात काब्रिस्तान व्यवस्थित हुने र वडा नम्बर ३०,३१ र ३२ का मुस्लिम समुदाय संग पुरा गरिएको प्रतिवद्धा पुरा हुने सांसद हजराले बताए । आवस्यक सबै प्रक्रिया पूरा भैसकेको छ । छ्ठ पछि टेन्डर खुल्ने छ र चाडै निमाण कार्य समेत सुरु हुने जानकारी दिए ।
पर्खाल लगाउने कार्य सुरुहुने भएपछि प्रसोतीपुरका मुस्लिम समुदाय हर्षित भएका छन्।
सो कब्रिस्तानको स्थलगत अनुगमनमा नेकपा पर्सा जिल्ला अध्यक्ष विशम्भर कुमार शर्मा, जिल्ला सचिव महेस दास, पुर्व वडा अध्यक्ष अमानत मियाँ अन्सारी लगायत स्थानिय वासिन्दाहरुको सहभागीता रहेको थिए ।