उपकार सेवा नेपाल नामक संस्थाले एक जना अपांग लाई व्हिल चेयर प्रदान गरेको छ ।
उपकार सेवा नेपाल संस्थाले आज एक जना अपागंता भएका व्यक्तिलाई लाई व्हिल चेयर प्रदान गरेको छ । बिगत लामो समयदेखि शारीरिक रुपले असक्त रहेका वृद्धलाई सो संस्थाले व्हिल चेयर प्रदान गरेको हो ।
बिरगंज महानगरपालिका वडा नं। १६ नगवा नयाँ बस्ती घर भएका २० वर्षिय निवासी शारीरिक रूपमा पुर्ण अपांगता भएकालाई उक्त व्हिल चेयर प्रदान गरेको उपकार सेवा नेपाल संस्था एवम् समाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिराएका थिए । उनलाई घरमै पुगेर उक्त व्हिल चेयर प्रदान गरिएको थियोे ।
उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष बिद्या कुमारी सरावगीको उपस्थितिमा उक्त व्हिल चेयर हस्तान्तरण गरिएको थियो।
उपकार सेवा नेपाल निरन्तर समाजिक कार्यमा काम गरि रहेको संस्था हो। समाजमा यस्तै यस्तै गरिब दिन दुखी एवं स्कुलका बालबालिका वृद्ध अशक्त लाई हरदम हरपल सहयोग गरिरहने संस्था हो। यो संस्था जहिले पनि समाज प्रति समर्पित रहेर काम गरिरहने संस्था मद्धे एक हो सामाजिक अभियानता प्रकाश थारुको भनाई थियो।