Birgunj News24
निर्माण व्यवसायि संघको आयोजनामा रक्तदान शुरु, अहिले सम्म १६०जनाले दिए रगत

नेपाल निर्माण ब्यवसायी संघ पर्साको आयोजनामा आज रक्तदान कार्यक्रम शुरु भएको छ । 
नेपाल निर्माण ब्यवसायी संघ पर्साका सभापति सुरेश प्रसाद कुर्मीको सभापतित्व तथा बिरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहको प्रमुख अतिथ्यमा रक्तदान कार्यक्रम शुरु भएको हो । 
शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा  आयोजना गरिएको रक्तदान कार्यक्रममा महानगर प्रमुख सिंहले रगतको पोका हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा अहिले सम्म ३ महिला सहित १६० जनाले रक्तदान गरेका छन । रक्तदान अहिले सम्म चल्दै छ । 
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले निर्माण ब्यवसायी संघ पर्साको भवन बनाउन २०लाख योजना दिने प्रतिबद्धता गरेका छन। उनले सडक देखि सदन सम्मको निमार्ण कार्यमा यस ब्यवसायी संघको अहम भुमिका रहेकोले पछिलो दिन जस्तै आउदो समयमा पनि बिकासको कामहरुमा हातोमालो गरेर अगाडी बढन आग्रह समेत गरेका थिए। उनले भने महानगरमा कम बजेट भएका कारणले गर्दा सम्पूर्ण निमार्ण ब्यवसायीहरुलाई काम दिन सकेको छैन। तर निमार्ण ब्यवसायी संघलाई महानगरको सधैं साथ सहयोग र सक्दो काम दिने बिश्वास समेत ब्यक्त गरेका थिए। 
सो अवसरमा रक्तदानसंगै निर्माण ब्यवसायी संघले बृक्ष रोपण कार्यक्रम समेत सम्पन्न गरेको छ। 
निर्माण ब्यवसायी संघ पर्साका सभापति सुरेश प्रसाद कुर्मीले आफ्नो अमुल्य समय निकालेर कार्यक्रममा उपस्थिति भई शेभा बढाउनु भएका रक्तदाता तथा सम्पूर्ण अतिथिहरुमा धन्यवाद ज्ञापन गरेका थिए। उनले समाजिक कार्यमा आफु आबद्ध भएर सार्है खुशी भएको बताए । उनले यस निमार्ण ब्यवसायी संघको आयोजनामा  अब हरेक बर्षको यस्ता रक्तदान तथा बिभिन्न समाजिक कार्य गर्ने जानकारी समेत दिएका छन्। 
कार्यक्रममा महानगरका उपप्रमुख ईम्तियाज आलम, निर्माण ब्यवसायी संघ पर्साका निवर्तमान अध्यक्ष रामाकान्थ चौरसिया, पुर्व अध्यक्ष रमेश पाण्डे, उपाध्यक्ष ज्ञान मिश्रा, कोषाध्यक्ष अध्यक्ष राजेश्वर रौनियार लगायतको उपस्थिति रहेको संघका सचिव शनि यादवले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update