बीरगंज १२ कात्तिक ÷ यहाँ रहेको सहकारी संस्थाहरु सर्वसाधरणको करोडौ बचत लिएर फरार हुने तयारीमा रहेको समाचार प्रकाशमा आएको छ । यस मध्ये करोडौं लिएर केही बर्षै अघिमात्र फरार भै भारतको बिभिन्न शहरमा लुकेर बसेको एकता समुह बचत तथा ऋण सहकारी संस्था लिमिेटेड संचालन गरेर बसेका पन्नालाल महतो कोइरीलाई पक्राउ गरि भारतको बिहार स्थित मुजफ्रपुर थानामा रहेको भएपनि पर्सा प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरि बीरगंज ल्याउने प्रयास गरिरहेको समचार प्रकाशमा आएको छ । सहकारीका अध्यक्ष समेत रहेका पन्नलाललाई नेपाल ल्याउन पर्सा प्रहरीको टोली रमना भएको बताए पनि कति सफलता हात लाग्यो भन्न त्यो भने पुष्टी हुन सकेको छैन । उनी बिरुद्ध किशोर कुमार यादब लगायतले बचत फिर्ता गरि पाउनको लागि मुद्दा समेत गरेको बताइन्छ । यादब एक्लैको एक करोड भन्दा बढी बचत भएको बताइन्छ त्यस्ता बचत कर्ताहरु दर्जनौंको संख्यामा रहेको समेत बताइन्छ ।
यता महाबीर स्थानमा रहेको दैनिक बचत सहकारीको नाममा खोलीएको संस्थामा पनि सयौं सर्वसाधारण बचत कर्ताहरुको रकम लिएर संचालकहरु फरार रहेको बताइन्छ । उनीहरु बिरुद्ध समेत प्रहरी कार्यालयमा उजूरी परेको समाचार समेत प्रकाशमा आएको छ । त्यस्तै रानीघाटमा , नगवा, आदर्शनगर, बसपार्क मात्र नभएर पर्सा जिल्ला भरीका नयन्य छाडेर प्राय सबै सहरकारी संस्थाहरुको अवस्था खस्किँदै गएको र कुनै पनि बेला भाग्ने वा बन्द हुने अवस्था रहेको समाचार समेत प्राप्त हुन आएको छ । उता यहाँ रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्था रहेको कराडौ बचतको त अझै माइ बाप कोही पनी छैन ,। सो सहकारी बन्द गरेर संचालकहरु नै फरार हुन लागेको समाचार त यहाबाट प्रकाशित हुने जनभण्डाफोर दैनिकले सबैभन्दा पहिला प्रकाशित गरेको थियो । त्या्े समाचार प्रकाशमा आएको महिना दिनपनि नबित्तै सानो पाइलाले बचत कर्ताहरुको रकम दिन नसकेर फरार भएको थियो । त्यस्तै समस्या अहिले नाम चलेको सहकारी संस्थाहरु रुपर देखा पर्न थालेको छ । उता माइस्थानमा रहेको सूर्य बचत तथा ऋण सहकारी सस्थाले पनि अहिले सर्वसाधारणले राखेको बचत तथा मुद्दति फिर्ता गर्न नसकेर संकटको यात्रामा प्रबेश गरेको बताइन्छ भने एकताका निकै नाम चलेको आफ्नै भवन समेत भएको बिस्को बिराशत समेत दिन प्रतिदिन खस्कंदै गएको समाचार प्राप्त हुन आएको छ । त्यसै साना तिना नाम मात्रको सहकारीको अवस्था त कुन बेला कुन सहकारी भाग्न हो कसैको ठेगान नै नभएको बताइन्नछ ।
यहाँ रहेको अधिकाँस सहकारी सस्गथाहरु भाग्न अवस्थामा रहेको हुनाले स्थानीय नियमन निकायले समेत कुनै प्रकारको पनि नियमन र अनुगमन र निक्षेप कर्ताहरुको बचतको फिर्ता हुने विश्वसनीय अवस्था निर्माण गर्न कदम नचालको हुनाले कुनै पनि सर्वसाधारणको करोडौं लिएर सहकारीका संचालकहरु भाग्ने अवस्थामा रहेको बताइन्छ । माइस्थानमै रहेको सनराइज बचतको हल्ला बाहिर चलेको भएपनि हालसम्म कोही पनि बचत फिर्ता लिन आएका हरु आफुले पाउनुपर्ने पुरै रकम फिर्ता लिएरै गएको बताउँछन भने त्यहाँ बचत फिर्ताको लागि १० करोड भन्दा बढिको कोष सुरक्षित रहेकोले कुनै समस्या नभएको बताउँछन । माइस्थानमा रहेको सूर्य बचत तथा ऋढा सहकरीका बारमा त एकजना बचत कर्ताले मेरो र परिवारको नाममा रहेको ४० लाख भन्दा बढिको मुद्दति निक्षेपको म्याद सकिसक्दा पनि पुरै रकम फिर्ताको त कुरै छाडौं उल्टै ब्याज समेत दिएको छैन भनि गुनासो गर्छन यस बारे सूर्य बचत कै रोशन कलवार भने सबै सहकारी समस्यामा छन तर हामी बिस्तारै रकम दिइरहेका छौं कसैलाई पनि निरास हुन दिनैनौं भन्ने प्रतिक्रिया ब्यक्त गर्छन । यस्तो अवस्था बिद्यमान रहेमा यहाँका हजारौं सर्वसाधारणको अरबौं रकम लिएर संचाकहरु भाग्ने तयारीमा रहेको कृुरालाइ प्रमाणित गरिदिएको छ ।