१२ कार्तिक वीरगन्ज । नवोदिप एकेडेमी ले वीरगन्ज कपडा बैंकलाई सोमबार एक कार्यक्रम गरि कपडा सहयोग गरेको छ । वीरगन्ज १५ भिश्वामा अवस्थित नवोदिप एकेडेमीका सन्सथापक एवं प्रधानाध्यापक सुशिला साहले स्कुल प्राङ्गणमा ३ बोरा र ७ झोला कपडाहरु बैंकका वरिष्ठ सदस्य एवं नेपाल दलित महिला संघ पर्साका अध्यक्ष निला कुमारी रामलाइ हस्तान्तरण गर्नुभयो । सो अवसरमा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सदस्य युवा अभियन्ता अभिलाष गुप्ता को साथै लायन नरोत्तम पाण्डे,स्कुलका शिक्षकहरु रमिता श्रेष्ठ ,आरती तामाङ ,गिता साह,रन्जु हाडा,बिना साह,रन्जिता साह ठकुरी,रानी प्रजापती सुशा मण्डल लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा स्कुलका प्रधानाध्यापक साहले वीरगन्ज कपडा बैंकले विगत केही वर्ष देखि दिन दुखी असहाय ,आगलागी, बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती हामी सबै खुशी छौ र अहिले चाडवाड को समयमा बिपन्न असहायहरुले नया कपडा किन्न नसकने हरुलाइ नया जस्तै कपडा उपलब्ध गराउन हामिले वीरगन्ज कपडा बैंकको सुकार्यमा हातेमालो गर्न केही कपडाहरु लियेर आएका छौ साथै आगामी दिनमा हाम्रो साथ सहयोग रहनेछ भनी प्रतिबद्धता ब्यक्त गर्दै वीरगन्ज कपडा बैंकका अध्यक्ष सिंह र सदस्यद्वय राम र गुप्तालाइ खादा ओढाएर सम्मान गर्दै हौसला प्रदान गरेका थिए ।
सो अवसरमा बैंकका अध्यक्ष सिंहले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै विगतमा पनि नवोदिप स्कुलले विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएकोमा आफुलाइ निकै खुशी लागेको बताउदै कपडा सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक आभार धन्यवाद दिदै आगामी दिनमा पनि स्कुलको सहयोग जारी रहनेमा आशावादि रहेको र आउदो दिपावली ,छठ पर्व एवं जाडो बढ्ने हुनाले छठब्रतिहरुलाई नया साडी , न्यानो कपडा ,कम्बलहरु सहयोग गर्न सम्पुर्ण मानवताप्रेमी सहयोगी हातहरु लाई आग्रह समेत गरेका छन ।