लालबाबु सिंह १२ कार्तिक वीरगन्ज । रोटरी कल्ब वीरगन्जले पर्साको सखुवाप्रसौनी गाउँपालिकास्थित ७५ जनालाई खाद्यान्न, लत्ताकपडा तथा माटोको दियो वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ सिद्धपुर निवासी अति विपन्न, मुसहर ,असहाय लगायत ७५ जनालाई सामग्री वितरण गरिएको हो ।
रोटरी क्लव अफ वीरगन्जले दिपावली तथा छठ पर्वको अवसरमा सो कार्यक्रमको आयोजना गरी सामग्रीहरु वितरण गरेको सामाजिक अभियन्ता प्रकाश थारुले बताए । सो कार्यक्रममा दिपावली छठ पर्वको लागि प्रती ब्यक्ति माटोको दियो ,बाल्ने तेल को साथै २ किलो चामल, २ किलो पिठो, १ किलो दाल, २ किलो मिठाई, २ लिटर खानेतेल, लत्ताकपडा लगायतका सामग्रीहरु वितरण गरीएको हो ।
रोटरी क्लव अफ वीरगन्जका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राकेश मिश्रा, सह–सचिव स्वेता अग्रवाल, सह कोषाध्यक्ष स्वेता गुप्ता, सदस्यद्धय डा. प्रेरणा झा , राजेन्द्र चौधरी लगायत स्थानिय अग्रज महिला युवाहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा अध्यक्ष खत्रीले आउदो चाडपर्वमा विपन्न असहायहरुले पनि केही हद सम्म आफ्नो संस्कृति अनुसार रमाएर पर्व मनाउन , खुशियाली मनाउन भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौ किनभने दिन दुखी असहायको सेवा सहयोग नै मानवको सर्बोत्तम धर्म रहेकोले हामी सबैले आफुले सक्दो सहयोग गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पुर्णलाई शुभ दिपावली र छठ पर्वको बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।