पर्साको प्रमुख जिल्ला अधिकारी सिडिओ गणेश अर्यालले आजदेखि कार्यभार सम्हालेका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका सिडिओ अर्याल मंगलबारदेखि औपचारिकरुपमा कार्यभार सम्हालेका हुन्।गृह मन्त्रालयले देशभरिबाट १७ जना सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको थियो । गत कार्तिक ९ गते गृह मन्त्रालयले देशभरिका १७ सिडिओसहित २७ जनाको सरुवा निकालेको थियो ।सरुवा भएको पाँचौ दिनमा अर्याल पर्साको प्रमुख जिल्ला अधिकारीको कमान्डिङ सम्हालेका हुन्।यसअघि उनी रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।
पर्सामा यसअघि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल थिए । उनको भैरहवास्थित गौतमबुद्ध अध्यागमनमा सरुवा भएको छ ।
सिडिओ अर्याल प्रशासनिक निकायमा सेवा प्रवाहमा उत्कृष्ट काम गर्ने अधिकारीको रुपमा क्षवि बनाएको जनाइन्छ