Birgunj News24
वीरगन्ज कपडा बैंकको सहयोगमा बाराको कोल्विमा निशुल्क कपडा वितरण ।

१५ कार्तिक वीरगन्ज । वीरगन्ज कपडा बैंकको सहयोगमा दलित उत्थान तथा विकास संस्था कोल्वी द्वारा बाराको कोल्वी नगरपालिका मा निशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । दलित उत्थान तथा विकास संस्था कोल्वीले बिहीवार कोल्वी नगरपालिका वडा २ बगेवा टोलका बिपन्न ,असहाय एवं दलित गरि ५० जना वृद्ध ,महिला,युवा ,बालबालिकाहरु लाइ करिब २०० थान कपडा वितरण गरेको हो ।
 सो कपडाहरु वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले दलित उत्थान संस्थाका प्रबन्धक सोम विकलाइ बुधबार कपडा बैंकको कार्यालय वीरगन्ज ८ मा हस्तान्तरण गर्दै तपाई संग धेरै छ भने हामिलाइ दिनुस र तपाई लाई कमि छ ,आवश्यक छ भने हामीसंग निशुल्क लिनुस को मुलमन्त्रलाइ आत्मसात गरि स्थापना गरिएको वीरगन्ज कपडा बैंकले विगत ६ वर्ष देखि सेवा कार्यमा सेवारत रहेको बताउदै दिन दुखी असहायको सेवा सहयोग गर्नु नै मानवको सर्बोत्तम धर्म रहेकोले हामी सबैले हातेमालो गरि सेवा कार्य गर्नु पर्नेमा जोड दिदै आगामी दिनमा वीरगन्ज कपडा बैंकले त्यही पुगेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने दलित उत्थान संस्थाका सोम विकले कपडा उपलब्ध गराइ दिएर दिनदुखी असहायको सेवा सहयोगको लागि बैंक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।  
सो कपडा वितरण कार्यक्रममा दलित उत्थान संस्थाका अध्यक्ष चन्द्र बहादुर विक ,उपाध्यक्ष सुखराम विक,सचिव संजय परियार ,झुरझुर प्रहरी चौकिका प्रसनी अरुण कुमार पाण्डे लगायत स्थानिय अग्रज ,महिला ,युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update