Birgunj News24
पालिका प्रमुख मेहताको मनोमानी ,ब्यक्तिगत काममा सार्वजनिक ठाउँका माटो उठाए

पर्साको पकहाँमैनपुर गाउँपालिका प्रमुख सुरेश प्रसाद मेहताले पालिकामा पुनः मनोमानी गर्न काम गर्न थालेको आरोप लागेको छन ।  
 सार्वजनिक ठाउँमा राखिएको माटो उठाएर पालिका प्रमुख मेहताले आफनो  ब्यक्तिगत काममा प्रयोग गरेको स्थानियले आरोप लगाएका छन । 
पकहाँमैनपुर गाउँपालिकाको वडा ४ खेस्राहा स्थित स्वास्थ्य चौकी पछाडी राखिएको माटो उठाएर ब्यक्तिगत काममा लगाएको स्थानियले आरोप लगाएका छन । 
पालिका प्रमुख मेहताले छोरीको बिहेमा स्टेज बनाउन सार्वजनिक ठाउँबाट माटो उठाउन लगाएको स्थानियहरु बताएका छन। उनकी छोरीको बिहेको केहि दिन बाकी छ, र बिहेको स्टेज बनाउनको लागि नै नियम बिपरित माटो उठाउन लगाईएको स्रोतको दावी छ। 
पकहाँमैनपुर गाउँपालिकामा प्रमुख मेहताले यस्ता मनोपरी काम गरेको पलिहो चोटी होईनन्। प्रमुख मेहताले आफ्नो मनोमानी गरेकै कारण पछिल्लो दिनमा पनि निकै चर्चामा रहेका थिए।
पालिकामा कर्मचारी नियुक्ति, बजेट बिनियोजन, प्रशासकिय अधिकृत सरुवा लगायत गाउँ सभा गराउन सम्म प्रमुख मेहताले आफु मनोमानी देखाएका थिए। पालिकाको बजेट बिनियोजनमा काम भन्दा पहिला कमिशन उठाउनु र आफुले चाहेको मनोपरी काममा साथ दिएका प्रशासकिय अधिकृतलाई पालिकामा बस्न दिनु र साथ नदिएका प्रशासकिय अधिकृतलाई सरुवा गराउन माथिल्लो निकाए सम्म धाउदैं कामले पछिलो दिनमा चर्चामा आएको थियो। 
प्रमुख मेहताको लापरवाही र मनोमानी कै कारणले गर्दा पालिका लामो समय सम्म प्रशासकिय अधिकृत बिहिन बनेको थियो। कर्मचारीहरुको तलब, समाजिक सुरक्षा भता लगायत पालिकाको सम्पूर्ण कामहरु समेत थप भएको थियो। पालिका प्रमुख मेहताले आफु गरिरहेका मनोमानी र नियम बिपरित कृयाकलापले गर्दा अहिले विवादित बनेका छन्। 

छोरीको बिहे छ,  माटो जरुरी परेको कारण उठाउन लगाईएको पालिका प्रमुख मेहताले स्वयम स्विकार गरेका छन। तर सो माटोको बारे थप बुझ्न खोज्दा आफु केहि जनकारी नरहेको बताए। उनले भने हरि चौहान दाई हुनुहुन्छ, उहाँसंग मैले माटोको बारेमा कुरा गरेर उठाउन लगाएको बताए।  मेरो हरि दाईले भन्नु भयो कि माटो ठेकेदारको हो र ब्यक्तिगत कामको लागि जम्मा गरेर राखेको छ तपाई उठाउनु भन्ने प्रमुख मेहताले जनकारी दिए। 
जबकि हरि चौहान भन्ने ब्यक्ति पालिकाको कुनै पनि निकायमा सरोकार राख्दैनन्, सरोकार नै नरहेका ब्यक्तिसंग कुरा गर्नु पालिका प्रमुख आफैमा गैरजिम्मेवार रहेको समेत पुष्टि हुन्छ। 
कुनै पनि सार्वजनिक ठाउँमा ठेकेदारले बालुवा, ग्रेबल, र माटो जम्मा गरेर काम गर्न खोज्दा पालिकासंगको लिखित रुपमा अख्तियारी लिएर गर्नुपनर्ने नियम छ तर यहाँ यस्ता कुनै अख्तियारी र पालिकासंग गरेको लिखित सम्झौता देखिएको छैन।
हरि चौहान भन्ने ब्यक्ति नेपाली कांग्रेसका पालिका स्तरिय नेता हुन र एउटा राजनितिक गरिरहेका ब्यक्तिको कुरामा लागेर पालिका प्रमुख जस्ता जिम्मेवार ब्यक्तिले काम गरिरहेको देखेर  राजनितिक छत्रछायामा नै पालिका चलिरहेको समेत पुष्टि हुन्छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update