Birgunj News24
छठ पर्वको अवसरमा समाजसेवी राजेश बरनवाल द्वारा बिन्दवासिनी गापामा साडी एवं पुजा सामाग्री वितरण ।

लालबाबु सिंह १७ कार्तिक वीरगन्ज । छठ पर्वको शुभ अवसरमा समाजसेवी राजेश बरनवालले बिन्दवासिनी गाउपालिका वडा ५ भेलाहा टोलमा १०० थान साडी ,नरिवल र अगरबत्ती वितरण गरेका छन । सो निशुल्क साडी वितरण कार्यक्रम देशकैहापर्व छठ को शुभ अवसरमा प्रत्येक वर्षको फरक फरक स्थानमा आयोजना गरिने  गरिएको समाजसेवी बरनवालका सुपुत्र हर्षित बरनवालले बताउनु भयो ।
 आश्था एवं श्रद्धाको महापर्व छठ पुजा मधेश लगायत देशकै प्रमुख चाडपर्व रहेको र यो पर्व घरघरमा बडो श्रद्धापुर्वक मनाउने गरिन्छ र ८ वर्ष अगाडि सम्म मेरो परिवारले छठपुजा गर्दथिन पछि पुजा बसायेर ८ वर्षदेखी बिपन्न परिवारले पनि यो पर्व मनाउन सकुन भनी थोरै सेवा सहयोग गर्ने आफुनो कोसिस रहेको हो बरनवाल र हामी सबैले सक्दो सहयोग गरेर यो पर्व सभ्य एवं भव्य रुपले मनाउन समाजसेवी बरनवालले आग्रह गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्नु भयो ।
सो अवसरमा नेपाल बार एसोसिएसन पर्सा का पुर्व अध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले दिनदुखी असहायको सेवा सहयोग गर्नु नै मानवको सर्बोत्तम धर्म हो भन्दै समाजसेवी बरनवालले प्रत्येक वर्ष छठबर्तिहरुलाइ गर्नु भएको सेवा सहयोगको सुकार्य को उहाँ र परिवारको मुक्तकण्ठले प्रशन्सा गर्नु भयो र सम्पुर्णलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । 
सो अवसरमा सो निशुल्क सामाग्री वितरण कार्यक्रमको संयोजन गरि दिनु हुने बिन्दवासिनी गापाका नेपाली काङ्ग्रेसका गाउँ इकाई समिती अध्यक्ष विवेक चौरसियाले छठ महापर्वमा वीरगन्ज देखि यहाँ गाउँ सम्म पुगेर छठ सामाग्रीहरु सहयोग उपलब्ध गराइ मानवता बल्लियो बनाउने समाजसेवी बरनवाल परिवारलाई धन्यवाद दिदै यो विशुद्ध सामाजिक सेवा रहेको र यो कुनै सरकारी बजेट नभएर बरनवाल जि को निजि खर्च बाट सहयोगले आएको जानकारी दिदै सम्पुर्णलाइ छठ महापर्वको बधाई शुभकामना ब्यक्त गरीका थिए ।
 सो निशुल्क छठ सामाग्री वितरण कार्यक्रममा वडा सदस्य हरिन्द्र मुखिया , उपनिवेश चौरसिया, छठुलाल चौरसिया लगायत स्थानिय अग्रज महिला युवाहरुको बाक्लो सहभागिता  रहेको कार्यक्रमको सहजीकरण वीरगन्ज कपडा बैंकका अध्यक्ष संचारकर्मी लालबाबु सिंहले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update