Birgunj News24
भारतीय नागरिक पेस्तोल र गोलीसहित रौतहट सशस्त्र प्रहरीद्धारा पक्राउ 

रौतहटको राजदेवी नगरपालिका(९ स्थित ब्रहमपुरी गाउँमा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई अवैध हतियारसहित पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल बीओपी बेलाबिछवाका प्रमुख इन्स्पेक्टर चेतन कुमार खड्काको नेतृत्वमा सोमबार बिहान २ बजे गएको गस्ती टोलीले राजदेवी–९, ब्रहमपुरीस्थित सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा छापा मारेको थियो।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले दिएको जानकारीअनुसार गस्ती टोलीले पसलको शौचालयबाहिर शंका लागेर जाँच गर्दा शौचालयको माथिल्लो भागमा लुकाइएको एक थान नलकटुवा पेस्तोल, ८ एमएमका तीनवटा गोली र एक थान खोका फेला परेको थियो। उक्त हतियार फेला परेपछि प्रहरीले ४२ वर्षीय भारतीय नागरिक राजेश सिंहलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सिंहलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update