वीरगञ्ज। लायन्स क्लब अफ वीरगञ्ज कुटुम्भले छठ पर्बको अवसरमा आर्थिक रुपमा कमजोर अवस्थाका महिलाहरुलाई साडी वितरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको त्रिशुल चौकमा आयोजित कार्यक्रममा ६५ जना ब्रतालु महिलाहरुलाई साडी वितरण गरिएको हो।
लायन्स क्लब अफ वीरगञ्ज कुटुम्भका अध्यक्ष रिना रौनियारले छठ पर्बमा कोही पनि आर्थिक कारणले पछाडि नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताइन्। उनले गरिब तथा विपन्न परिवारका महिलाहरुलाई पर्ब मनाउन सहयोग गर्न साडी वितरण गरिएको जानकारी दिइन्।
कार्यक्रममा लायन्स क्लबका विभिन्न पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा लायन्स क्लबका भाईस डिस्टिक गभर्नर राम बिहारी पाण्डे, एरिया चिफ श्याम गुप्ता, लायन्स श्रीमती बिजया ओझैया, लायन्स संगीता प्याखुरेल, लायन्स स्बेता क्षेत्री, लायन्स रचना प्याखुरेल र लायन्स प्रीती रौनियार लगायतकाले सहभागिता जनाएका थिए।
छठ पर्बमा सबै समुदायले सामूहिक रुपमा खुशी मनाउन सकून् र कसैलाई पनि आर्थिक कारणले बन्चित हुनु नपरोस् भन्ने भावनासहित लायन्स क्लबले साडी वितरण कार्यक्रमलाई निरन्तरता दिएको बताइएको