सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन भएको छ। लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउदा लामिछानेका समर्थकहरुले पोखरामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ।
लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरको रास्वाको आरोप छ। लामिछाने पक्राउको विरोधमा ऐक्यबद्ध हुन आह्वान गर्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ।
कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ।