Birgunj News24
अर्पेट इलेक्ट्रोनिक्सका सञ्चालक सर्राफद्वारा ५०  जनालाई  साडी वितरण

वीरगञ्जका एक व्यवसायीले छठ पर्वको अवसरमा ५० जनालाई साडी वितरण गरेका छन् ।

माइस्थानस्थित अर्पेट इलेक्ट्रोनिक्सका सञ्चालक सन्तोष सर्राफले छठ पर्वमा बर्त गर्ने बर्तालुहरुलाई साडी र दक्षिणास्वरुप प्रतिव्यक्ति ५० रुपैयाँका दरले वितरण गरेका छन् ।

सञ्चालक सन्तोष सर्राफ र उनकी छोरी स्नेहा सर्राफले सयुँक्त रुपमा माइस्थानको पसलबाटै साडी वितरण गरेका हुन् । 

उनले हरेक वर्ष महान पर्व छठको अवसरमा साडी वितरण गर्दै आएका छन् । पछिल्लो एक दशकदेखि निरन्तर रुपमा बर्तालुहरुलाई साडी वितरण गर्दै आएको सर्राफले जानकारी दिए । साथै उनले अरुलाई पनि आफुले सकेको सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update