Birgunj News24
अन्नपुर्ण भेजिटेबलको आधिकारिकको निर्वाचनमा एमालेका उम्मेदवार उपाध्याय बिजयी।

परवानीपुर स्थित अन्नपुर्ण भेजिटेबलको आधिकारिकको निर्वाचनमा  एमाले निकट जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियनको शानदार जित भएको छ । बिहिबार उद्योगमा सम्पन्न निर्वाचनमा समग्र उद्योग ट्रेड युनियनका उम्मेदवार बिन्देश्वर प्रसाद उपाध्याय बिजयी भएका हुन । कुल १०४ मतदाता रहेको सो निर्वाचनमा एमालेका प्रतिनिधि बिन्देश्वर उपाध्यायले ६३ मत ल्याई अध्यक्षमा बिजयी भए । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका  रामबाबु कुर्मी ३६ मत मात्र ल्याएका थिए । ५ वटा मत भने बदर भएको थियो । 
नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी प्रसाद यादवको बिशेष सक्रियतामा यसपालि एमालले जित हासिल गरेको नवनिर्वाचित अध्यक्ष उपाध्यायले जानकारी दिए ।“ अन्नपुर्ण भेजिटेबलमा २० बर्ष देखि काँग्रेस निकट नेपाल कारखाना श्रमिक संघले जित्दै आएको थियो ,यस पालि भने काँग्रेसको बिजय यात्रा टुंगिएको छ” एमाले मधेश प्रदेशका उपाध्यक्ष यादवले जानकारी दिए ।  
श्रमिकको हक अधिकारको लागि आफु सदैव तयार रहने  नवनिर्वाचित अध्यक्ष उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update