Birgunj News24
विवाहपञ्चमीमा जन्तीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

विवाहपञ्चमी महोत्सवमा सीताको ससुराली भारतको अयोध्यामा जन्तीलाई निम्तो दिनका लागि जनकपुरधामबाट विश्व हिन्दुपरिषद्को अगुवाईमा तिलकसहित निमन्त्रणापत्र लिएर पठाइएको छ।

भगवान् सीतारामको विवाहलाई लिएर ५ सय१ वटा तिलक र अयोध्याबाट आउने जन्तीका लागि निमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका छन् । तिलक लिएर जाने टोलीलाई मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरेका छन् । मुख्यमन्त्री सिंह मङ्सिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम छ । तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा राम मन्दिर ट्रस्टका चम्पत रायलाई हस्तान्तरण गरिनेछ ।

विगतमा ठाकुर हजामले तिलकसहित निमन्त्रणा लिएर अयोध्या जाने परम्परा थियो ।

विवाहपञ्चमी यही मंसिर २१ गते जनकपुरधाममा प्रत्येक वर्ष झैँ यसपटक पनि धुमधामसाथ सात दिवसीय कार्यक्रम गरी मनाइने छ

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update