पर्साबाट ११ लाख भन्दा बढीको भन्सार छलिको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नं. १३ गण पर्सा र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले बिशेष सुचनाको आधरमा उक्त सामान बरामद गरेको हो ।
सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाणडमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयबाट नायव सुब्बा सुवर्ण पौडेल सहितको ३ जनाको संयुक्त टोलिले राजेन्द्र बरैको घरको गोदाम र शाह दरबार पार्टी प्यालेसमा अबैध रुपमा संचालित गोदामबाट बरामद गरिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर– १० आदर्शनगर स्थित राजेन्द्र बरैको घरको गोदाममा राखिएको ६ लाख १४ हजार ४०० को कपडा र वीरगञ्ज –१३ तेजारथटोल स्थित शाह दरबार पार्टी प्यालेसमा अबैध रुपमा गोदामा राखेको ५ लाख ८२ हजार तीनसय बराबरको काजु र खजुर गरी ११ लाख ९६ हजार ७०० बराबरको सामान बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताए ।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागिस भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक धिमालले बताए ।