अज्ञात कीराले धानबालीलाई क्षति पु¥याएको विषयमा मबिज्ञको अनुगमन गरेको छ ।
पर्सा जिल्लाका विभिन्न पालिकाहरूमा अज्ञात कीराले धानबालीलाई क्षति पु¥याएको विषयमा मधेस प्रदेश सरकारबाट खटिएको टोलीले मङ्गलवार बहुदरमाई नगरपालिकाको अनुगमन गरेको हो ।पर्सा जिल्लाको गण्डक नहरको उत्तरतर्फ रहेका ठोरी, जीराभवानी, पटेर्वासुगौली, पर्सागढीलगायतका थरुहट क्षेत्रमा इयरहेड कटिङ पिलर कीराको प्रकोप नरहेको तर दक्षिणतर्फ बझियान क्षेत्रका बहुदरमाई, पोखरिया नपा, सखुवाप्रसौनी, विन्ध्यवासिनी, छिपहरमाई, धोबिनी, पकाहामैनपुर, कालिकामाई गापामा इयरहेड कटिङ पिलर कीराले व्यापक क्षति पु¥याएको प्रतीक दैनिकले समाचार प्रकाशन गरेपछि आज मधेस प्रदेश सरकार अन्तर्गतको कृषि मन्त्रालयले तीन सदस्यीय विज्ञको टोली पठाएको र उनीहरूले इयरहेड कटिङ पिलर कीराको प्रकोप सबैभन्दा बढी देखिएको बहुदरमाई नपामा आज अनुगमन गरेको कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख कमलदेवप्रसाद कुशवाहाले बताए ।
प्रमुख कुशवाहाले विज्ञहरूको टोलीले इयरहेड कटिङ पिलर कीरा भएको र यो फौजी कीराकै प्रजातिमध्ये एक भएको दाबी गरेको बताए । विज्ञहरूको टोलीले कीरा लागेको खेतमा पुगेर अनुसन्धान गरेको थियो भने पीडित किसानहरूसँग पनि यसबारेमा बुझेका थिए ।
अहिले इयरहेड कटिङ पिलर कीराको प्रकोप पर्सा, बारा र रौतहटमा देखिएको छ । दिनभरि धानको बोटमुनि बस्ने र राति सक्रिय हुने गरेको इयरहेड कटिङ पिलर कीराविरुद्ध कीटनाशक औषधि खरीदको प्रक्रिया शुरू भएको र एकाध दिनमैं किसानहरूको हातमा पुग्ने केन्द्रका प्रमुख कुशवाहाले बताए । मन्त्रालयसँग यसबारेमा कुराकानी भएको र अविलम्ब औषधि पठाउने आश्वासन पाएको र सोही अनुसार किसानहरूलाई उपलब्ध हुने उनले बताए ।
दिनभरि धानको बोटमुनि बस्ने र राति सक्रिय हुने इयरहेड कटिङ पिलर कीराले किसानहरूले लगाएका धानबालीलाई व्यापक क्षति पु¥याउँदै आएको छ । कीराको कारण किसानहरूले धानबाली काटेर धमाधम भित्रायाउँदै गरेको बुझिन आएको छ । बालालाई काटेर खेतमा झार्ने गरेकाले ठूलो मात्रामा धानबालीको क्षति भइरहेको स्थानीय किसानहरू बताउँछन् ।
अनुगमनमा बाली संरक्षण प्रयोगशाला सिराहाका प्रमुख मोहन महतो, बाली संरक्षण अधिकृत उमेश थापा र कृषि प्राविधिक लक्ष्मी अधिकारी आएका छन् । बिहीवार थप एकजना विज्ञ इयरहेड कटिङ पिलर कीराको क्षति अनुगमन गर्न आउने केन्द्रका प्रमुख कुशवाहाले बताए । फौजी कीराकै एक प्रजाति भएको पुष्टि
पर्सा जिल्लाका विभिन्न पालिकाहरूमा अज्ञात कीराले धानबालीलाई क्षति पु¥याएको विषयमा मधेस प्रदेश सरकारबाट खटिएको टोलीले मङ्गलवार बहुदरमाई नगरपालिकाको अनुगमन गरेको छ ।
पर्सा जिल्लाको गण्डक नहरको उत्तरतर्फ रहेका ठोरी, जीराभवानी, पटेर्वासुगौली, पर्सागढीलगायतका थरुहट क्षेत्रमा इयरहेड कटिङ पिलर कीराको प्रकोप नरहेको तर दक्षिणतर्फ बझियान क्षेत्रका बहुदरमाई, पोखरिया नपा, सखुवाप्रसौनी, विन्ध्यवासिनी, छिपहरमाई, धोबिनी, पकाहामैनपुर, कालिकामाई गापामा इयरहेड कटिङ पिलर कीराले व्यापक क्षति पु¥याएको छ । पिलर किराको क्षति बारे संचार माध्यममा समाचार प्रकाशन भएपछि मंगलबार मधेस प्रदेश सरकार अन्तर्गतको कृषि मन्त्रालयले तीन सदस्यीय विज्ञको टोली पठाएको र उनीहरूले इयरहेड कटिङ पिलर कीराको प्रकोप सबैभन्दा बढी देखिएको बहुदरमाई नगरपालिकामा देखिएको अनुगमन गरेको कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख कमलदेवप्रसाद कुशवाहाले बताए ।
प्रमुख कुशवाहाले विज्ञहरूको टोलीले इयरहेड कटिङ पिलर कीरा भएको र यो फौजी कीराकै प्रजातिमध्ये एक भएको दाबी गरेको बताए । विज्ञहरूको टोलीले कीरा लागेको खेतमा पुगेर अनुसन्धान गरेका थियो भने पीडित किसानहरूसँग पनि यसबारेमा बुझेका थिए ।
अहिले इयरहेड कटिङ पिलर कीराको प्रकोप पर्सा, बारा र रौतहटमा देखिएको छ । दिनभरि धानको बोटमुनि बस्ने र राति सक्रिय हुने गरेको इयरहेड कटिङ पिलर कीराविरुद्ध कीटनाशक औषधि खरीदको प्रक्रिया शुरू भएको र एकाध दिनमैं किसानहरूको हातमा पुग्ने केन्द्रका प्रमुख कुशवाहाले बताए । मन्त्रालयसँग यसबारेमा कुराकानी भएको र अविलम्ब औषधि पठाउने आश्वासन पाएको र सोही अनुसार किसानहरूलाई उपलब्ध हुने उनले बताए ।
दिनभरि धानको बोटमुनि बस्ने र राति सक्रिय हुने इयरहेड कटिङ पिलर कीराले किसानहरूले लगाएका धानबालीलाई व्यापक क्षति पु¥याउँदै आएको छ । कीराको कारण किसानहरूले धानबाली काटेर धमाधम भित्रायाउँदै गरेको बुझिन आएको छ । बालालाई काटेर खेतमा झार्ने गरेकाले ठूलो मात्रामा धानबालीको क्षति भइरहेको स्थानीय किसानहरू बताउँछन् ।
अनुगमनमा बाली संरक्षण प्रयोगशाला सिराहाका प्रमुख मोहन महतो, बाली संरक्षण अधिकृत उमेश थापा र कृषि प्राविधिक लक्ष्मी अधिकारी आएका छन् । बिहीवार थप एकजना विज्ञ इयरहेड कटिङ पिलर कीराको क्षति अनुगमन गर्न आउने केन्द्रका प्रमुख कुशवाहाले बताए ।