Birgunj News24
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा यादव २० हजार घुससहित पक्राउ

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोककुमार यादव २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सुब्बा मुद्दा शाखामा कार्यरत कर्मचारी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्चबाट लिएको २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update