गढीमाई मेलामा हतियार खुल्ला रूपमा प्रदर्शन गर्न नपाइने
विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा मार हान्ने हतियार खुल्ला रूपमा प्रदर्शन गर्न वा बोक्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले शुक्रवार एक सूचना जारी गर्दै मार हान्ने हतियार खुल्ला रूपमा प्रदर्शन गर्न वा बोक्न रोक लगाएको हो ।
कुनै पनि व्यक्ति÷मारकले बलीका लागि मार हान्न प्रयोग हुने हतियारहरू तरबार, खुँडा, खुकुरी, चक्कु जस्ता हतियारलाई खुल्ला रूपमा प्रदर्शन गर्न, बोक्न नपाइने सूचनामा भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी सूचनाको अवज्ञा गरेको पाइएमा हतियार जफत गरी त्यस्ता व्यक्ति उपर प्रचलित कानुन बमोजिम कारबाही हुने पनि सूचनामार्फत चेतावनी दिइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१ १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय