बीरगन्जको एक गोदाममा छापा, भन्सार छलीका कपडा बरामद
वीरगन्जको घण्टाघर लिंकरोडस्थित एक गोदामबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका लत्ताकपडा बरामद भएको छ ।
सशस्त्र प्रहरी बल भन्सार कार्यालय शुक्रबार विहान गरेको छापामारीबाट ठूलो परिमाणमा भन्सार छली गरेर राखिएको कपडा बरामद गरेको हो ।
भन्सार छली गरेर भण्डारण गरिएका करिब १२ लाख मूल्य बराबरको लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरी बल भन्सारका डिएसपी सुरज रिजालले बताए । उनका अनुसार बरामद सबै सामान सर्टिङ, सुटिङका छन् ।
भाँडाको गोदामबाट बरामद भन्सार छलीका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१ १८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय