Birgunj News24
प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा अस्पताल भर्ना
प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन्। फोक्सो सम्बन्धी समस्या देखिएपछि शनिबार उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। अहिले स्वास्थ्य स्थिति सामान्य छ।’

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update