लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर एरिया ३ द्वारा घडिअर्वा पोखरी परिसरमा निशुल्क रुपमा मधुमेह ९सुगर० र प्रेसर ९रक्तचाप० परीक्षण गरिएको छ ।
कार्यक्रमको प्रमुख संयोजक किशोर गुप्ताको अध्यक्षतामा आयोजित यस कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगरका अध्यक्ष बिमल जैन, डिष्ट्रिक एजुकेटिभ चिफ प्रकाश बहेती, सदस्य प्रदीप डालमिया, दिपु रौनियार, समाजसेवी राजेन्द्र भट्टराई, अभिलाष गुप्ता र अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा २५५ जनाले मधुमेह र रक्तचाप परीक्षण गराएका थिए । लायन्स क्लब अफ वीरगञ्जका डिस्ट्रिक्ट एजुकेटिभ चिफ प्रकाश बहेतीले वर्तमान समयमा गलत खानपान र जीवनशैलीका कारण उच्च रक्तचाप र मधुमेहका बिरामीहरू बढेको उल्लेख गरे ।
उनले भने, “यस समस्यालाई रोक्नको लागि सहि खानपान, योगा, र मर्निङ वाक जस्ता स्वस्थ जीवनशैली अपनाउनु पर्नेछ, जसले स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुर्याउँछ ।”