फिरौती रकम मागेको आरोपमा पक्राउ परेका वीरगंज १६ नगवाका सुरेश दास तत्वा र वीरगंज १६ ईनर्वाका हरीशंकर शर्मालाई जिल्ला अदालत पर्साले सात दिनको म्याद थप गरेको छ । रौतहटका एक व्यक्तिलाई अपहरण गरी २ लाख रुपैयाँ फिरौती मागेको आरोपमा पक्राउ परेका दास र शार्मालाई शरिर बन्धक कसुरमा जिल्ला अदालत पर्साले सोमबार ७ दिनको म्याद थप गरेको पर्सा प्रहरीले जनाएको छ । रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ बस्ने ४१ बर्षिय शेख सा महमदलाई अपहरण गरि फिरौती रकम माँग गरेको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका शर्मा वीरगंज टाईम्स डटकमका सम्पादक र न्युज २४ का पर्सा संवाददाताको रुपमा कार्यरत छन ।जिल्ला प्रहरी कार्यालय पर्साले आईतबार अपहरण गरी २ लाख रुपैयाँ फिरौती मध्ये ५० हजार लिदै गरेको अवस्थामा दास र शर्मालाई पक्राउ गरेको थियो । प्रहरीले दास र शर्मा संगै त्यसको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।