प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन् । सोमबार बिहान धरहरा परिसरबाट प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफीको अनावरण गरेका हुन् ।
अनावरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ८ टिमका मार्की खेलाडी सहभागी थिए । ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटनमा पनि सहयोग पु¥याउने बताए ।
कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुङ्गा रहेको जानकारी दिए । उनले यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताए ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुँदै छ । एनपीएलका ८ फ्रेन्चाइच टोलीमा काठमाडौँ गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।