Birgunj News24
नारायणी अस्पतालको फार्मेसी अधिकृतको नियुक्तिमा राजनिति हस्तक्षेप

वीरगंज स्थित नारायणी अस्पतालको फार्मेसी अधिकृतको नियुक्तिमा राजनिति हस्तक्षेप भएको समाचार प्राप्त भएको छ । लिखित र मौखिक दुवै परिक्षामा उत्कृष्ट नतिजा ल्याउने परिक्षार्थीलाई पाखा लगाई मन्त्रीका आफन्तलाई नियुक्ती दिइएको श्रोतको दावी छ । श्रोतका अनुसार  सिफासिर गरिएका रुचि कुमारी पर्साका एक मन्त्रीका साढुको छोरी रहेको बुझिएको छ । मंसिर ७ गते भएको लिखित  तथा मंसिर १० गते भएको मौखिक परिक्षामा कुल ११ जना परिक्षार्थीहरु सहभागि थिए । “उत्कृष्ट र अब्बल परिक्षार्थीहरु माथि बिभेद गरिएको छ, मन्त्री ,मेसु र बिकाश समिती सवैको मिलि भगतमा नियुक्ति गरिएको छ” यो सरासर अन्याय हो, एक परिक्षार्थीले भने ।   रुची कुमारी बिगत दुई महिना देखि नारायणी अस्पतालमा करार सेवामा कार्यरत रहेको र उनकै लागि सो पदमा भर्ना खोलिएको श्रोतको दावी छ ।  
यता ,नारायणी अस्पतालका मेसु चुमनलाल दासले आरोपको खण्डन गर्दै समितिको निर्णय अनुसार नै नियुक्त गरिएको बताए । उनले सवै प्रक्रिया पुरयाएर र समितिको सिफारिसमा नियुक्ति गरिएको र कसैमाथि विभेद नगरिएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update